छक्का पञ्जा–३ ले ५१ औं मनाउदै १७ करोड कमायो

चलचित्र ‘छक्का पञ्जा–३’ ले प्रदर्शनको ५१ औं दिन मनाउदै १७ करोडको ब्यापार गरेको जानकारी निर्देशक दिपा श्री निरौलाले जानकारी दिएकि छिन।

दशैं को घटस्थापनाको दिन देखि देशभरका हलहरुमा प्रदर्शनमा आएको छक्का पन्जा ३ ले राजधानी र मोफसलमा गरि १३ वटा हलमा लगातार ५१ औँ दिन मनाउन सफल भएको हो । छक्का पन्जा ३ ले उपत्यकाको मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु, गोपीकृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन मनाएको हो ।

त्यसै गरि उपत्यका बाहिर कालिका सिनेमा बुटवल, क्युएफएक्सकै नारायणगढ र बागेश्वरी नेपालगञ्ज र विन्दवासिनी चलचित्र मन्दिर पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो। चलचित्रले ५१ औँ दिन मनाउन सफल भएकोमा दर्शक, मिडियाकर्मी तथा हल संचालकलाई समेत धन्यवाद दिइन् ।

चलचित्रका निर्देशक दिपा श्री ले आफुहरुले कन्टेन्ट विथ कमेडी पस्केको कारण दर्शकले अत्याधिक माया गरेको बताउदै चलचित्रले १७ करोड ब्यापार गरेको जानकारी गराइन। चलचित्रमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाई, शिवहरि पौडेल, शिशिर वांग्देल, नीर शाह, लगायतको कलाकारको अभिनय रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *