चलचित्र ‘ शत्रुगते ‘ ले पुरा गर्‍यो १ सय दिन

मल्टिस्टार फिल्म सत्रु गते ले १०० दिन पुरा गरेको छ। राजधानीको २ हल गोपीकृष्ण र गुण हलमा फिल्म सत्रु गतेले प्रदर्शनको १ सय दिन मनाएको हो। चैत महिनामा रिलिज भएको कमेडी फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दिपाश्री निरौला साथमा दिपकराज गिरी, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतको मुख्य भूमीका रहेको थियो ।

यूट्यूवमा २ करोड बढी पटक हेरिएको ‘रुपै मोहनी’ बोलको गीत रहेको यस फिल्म लाइ कमेडी बनाइएको थियो। मल्टि स्टार कास्ट भएको यो फिल्म लाइ दर्शकले मनपराए।

यसअघि ५१ दिन मनाउदा भब्य रुपमा मनाएको निर्माण पक्ष ले सय दिन पुरा गर्दा भने कुनै औपचारिक कार्यक्रम राखेन। सत्रू गते चलचित्रको अपार सफलतापछि यसै फिल्मको निर्माण टोलि मह जोडी र किरण केसीले संयुक्त रुपमा नयाँ चलचित्र ‘दाल भात तरकारी’ निर्माण गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *