चर्चित लोक गायिका एवं सभासद कोमल ओलि अस्पताल भर्ना

नेपाली चर्चित लोक गायिका एवं सभासद कोमल ओलि अस्पताल भर्ना भएकी छिन् । कोमल वलीको परिवारका अनुसार स्वास्थ्यमा समस्या भएपछि अस्पताल लगिएको र चेकजाँचपछि भर्ना गरिएको चिकितसकको निगरानीमा राखिएको छ ।उनको सचिवालयले उनी अस्पतालको बेडमा सुतिरहेको तस्विर सामाजिक सञ्जाल फेशबुकमा पोष्ट गर्दै लेखेको छ ‘माननिय कोमल ओलिको स्वास्थ्यमा अचानक समस्या भएपछि अस्पताल भर्ना गरिएको छ ।’

चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको जानकारी गराउदै सचिवालयले स्वास्थ्यमा सुधार भएको उल्लेख गरेको छ । ‘केही दिनमा सांसद ओली पुनः दैनिक काममा फर्किनु हुने छ । केही दिन बेड रेष्ट गर्नु परेकाले सम्पर्कमा आउन सक्नु भएका उहाँको अनुपस्थितीले तपाईहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’

नेपाली लोकसंगितका क्षेत्रमा वलीले ठूलो योगदान पु¥याएकी छिन् । आवाजकी धनी उनी राजनीतिमा पनि जमेकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी उनी राष्ट्रिय सभाकी सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *