कक्षा १० का बिद्यार्थीले बनाए एटीएम मेशिन, यसरि निकाले पैसा ( भिडियो सहित )

नेपालमा पनि धेरै प्रतिभावान व्यक्तिहरु छन् तर देश रसम्बन्धित सम्बन्धित निकाय बाट सहित प्रोत्साहन हुन् सकिरहेको छैन। बिद्यार्थी हरु स्कुल तथा कलेजमा रहदा गर्ने प्रोजेक्ट बाट उनीहरुको प्रतिभाको खोजि हुने गरेकोछ। समय समयमा गाउ तथा सहरमा गरिने प्रदर्सनीले पनि प्रतिभाको खोजी हुने गरेको छ भने उनीहरुलाई दुनिया सामु ल्याउने काम हुन्छ। यस्तै एक प्रदर्शनीमा १० कक्षा मा पढ्ने एक विद्यार्थीले घरेलु सामानको प्रयोग गरि एटिएम निर्माण गरेका छन्।

कक्षा १० मा अध्ययरत गोरखा नाम्जुङका विद्यार्थी स्पर्श लामिछानेले एउटा एटीएम मेशिन बनाएका छन् । उनले घरमै उपलब्ध हुने सामग्रीबाट एटिएम मेशिन निर्माण गरेका हुन् । उनले आफुले बनाएको एटिएम मेशिनमा काठ, चुम्बक, टिन, काठ लगायतका घरेलु सामग्रीको प्रयोग गरेका छन्। जुन जानकारी स्पर्श लामिछानेले दिएका हुन्। एटिएम कार्ड घुसाएर प्रयोग गरिने यो मेसिनलाई देखेर सबै छक्क परेका थिए भने पैसा निकालेर देखाउदा सबैले हर्सित हुदै तालि बजाएका थिए।

शहिद लखन गाउपालिका स्तरिय विज्ञान प्रदर्शनीमा सहभागी लामिछानेले आफ्नो एटिएम मेशिन प्रदर्शनमा राखेका थिए । विभिन्न बिज्ञान सामग्री राखेको उक्त प्रदर्शनीमा जनशक्ति मावि नाम्जुङका लामिछानेले बनाएको उक्त एटिएम प्रथम भएको थियो । त्यस अबसरमा लामिछानेले मेशिनबाट पैसा निकालेर सबैलाई चकित पारेका थिए ।

बाकि भिडियोमा हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *