खोलामा यसरि डुबेको रहेछ मन्त्री रघुबिर महासेठ चढेको गाडी..….भिडियो हेर्नुहोस

खोला तर्ने बेलामा भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रीको गाडी पल्टेको थियो। उक्त पल्टेको गाडीको भिडियो भाइरल बन्ने क्रममा छ। एक कार्यक्रममा जाने दौरान मन्त्री रघुवीर महासेठ चढेको गाडी खोलामा फसेको थियो । पुलको शिलान्यास गरेर फर्किने क्रममा खोला तर्दा गाडी बीचभागमा फसेको हो ।

सोमबार स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाको दरौं खहरे खोलाको पुल शिलान्यास गर्न मन्त्री महासेठ पुगेका थिए । प्रहरीका अनुसार मन्त्री चढेको बा२झ ४०२९ नम्बरको गाडी खोलाको बीचमा पुगेपछि तर्न नसकेर फसेको हो ।गाडी खोलाको बीच भागमा पुगेर आधीभाग डुबेपछि मन्त्री महासेठ सो गाडीबाट ओर्लिएर अर्को गाडी चढेर सदरमुकाम आएका थिए ।

मन्त्री महासेठ शिलान्यास गर्न भने अर्कै बाटोबाट गएका थिए । फर्किने क्रममा पुल शिलान्यास भएकै खोलामा गाडी फसेको हो ।केही समयपछि खोलामा फसेको मन्त्रीको गाडी खोलाबाट निकालिएको थियो । पुल शिलान्यास भएको ठाउँ स्याङ्जा सदरमुकामबाट करिब २२ किलोमिटर टाढा पर्छ। खोलामा फसेको गाडीको इन्जिन भने ‘सिज’ भएको छ । हेर्नुस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *