क्रिकेट रङ्गशालाको बिषयमा धुर्मुसको फाउन्डेसनको अपिल – प्रेस बिज्ञप्ति सहित

नेपाल र नेपालीका लागि गौरबको बिषय मानिएको अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माणका सम्बन्धमा धुर्मुस सुन्तली फ़ाउन्देसन्ले प्रेस बिज्ञप्ति जारि गरेको छ। केहि समय देखि स्थगित अबस्थामा रहेको निर्माण काम फेरि पनि सुरु हुने बिज्ञप्तिमा जनाइएको छ। स्थगित निर्माण कार्यलाई सुचारु गरी ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण कार्यमा आआफ्नो स्थान र क्षेत्रबाट ऐक्यबद्ध जनाइदिन धुर्मुस सुन्तली फाउन्डेसनले आग्रह गरेको छ। केहि समय अघि रंगशालाको पर्खाल भत्काउने घटना भएपछी रंगशाला निर्माणको काम स्थगित भएको थियो। यस सम्बन्धमा धुर्मुस सुन्तली फ़ाउन्देसन्ले प्रेस बिज्ञप्ति जारि गरेको छ।

हेर्नुस स्टेटस जस्ताको तस्तै

प्रेस विज्ञप्ती

हामी स्थगित निर्माण कार्यलाई सुचारु गरी ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण कार्यमा आआफ्नो स्थान र क्षेत्रबाट ऐक्यबद्ध भइदिनुहुन अपिल गर्दछौँ । हरेक काम समयमा नै कम लागत तथा पारदर्शी ढङ्गबाट हुनुपर्छ भन्ने कुरामा हामी सदैव सजग र सतर्क छौँ ।
जे नहुनु थियो भयो । त्यस गल्तीलाई सच्याउन त नसकिएला तर नदोहोरियोस् भन्ने कामना गर्दछौं, हामीलाई विश्वास छ त्यस्तो वातावरण फेरि नदोहोरिनेमा चितवन जिल्लावासीहरु समेत सजग भई प्रतिवद्ध रहनुहुनेछ ।

सिताराम कट्टेल
अध्यक्ष
धुर्मुस सुन्तली फाउण्डेशन

Image may contain: text

Leave a Reply

Your email address will not be published. Required fields are marked *