कोशी नदीमा पानीको बहाव यो बर्षकै उच्च , काेशी व्यारेजका ३७ ढाेका खाेलियाे

केही दिन देखिको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उच्च भएको छ। शनिबार कोशी नदीमा पानीको बहाव बढेर २ लाख ८८ हजार क्यूसेक पुगेको छ। पानीको बहाब बढेपछि कोशी व्यारेजका ५६ ढोकामध्ये ३७ वटा ढोका खोलिएको छ।

अविरल वर्षाका कारण देशभर बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको छ। नेपालको सीमावर्ति क्षेत्रमा भारतले बनाएकाे बाँधका कारण नेपालका तराईका जिल्लाहरु वर्षेनी डुबानमा पर्ने गरेका छन्।

लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको थियो । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिएका थिए ।

अहिले ५६ ढोकामध्ये ३७ ढोका खोलिएका छन् । भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए । वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *