कृष्ण ओलिले हात राखे, यस्तो छ कृष्ण ओलीको हात ( भिडियोमा हेर्नुस )

दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओलीको जिबनमा खुसियाली फर्कने क्रम चलिरहेको छ। यस अघि नै खुट्टा हालेर हिड्ने गरेका कृष्ण ले अब भने हात हालेर आफुलाई त्यस अनुसार अभ्यस्त गराउने कोसिस मा छन्। उपचारका लागि भारतको दिल्लीमा पुगेका उनले हात राखेर सिक्दै गरेको भिडियो रुपा आफ्नो युत्युब मार्फत अपलोड गरेकी छिन्। कृष्ण ओलीको अपडेट दिन बनाइएको यस च्यानल ले कृष्ण ओली सम्बन्धि जानकारी दिदै आएको छ। यस पटक कृष्ण को सुभचिन्तक र माया गरि सहयोग गर्ने सबैलाई थप खुसि दिने भिडिओ सार्बजनिक गरिएको छ। छिट्टै कृष्ण को हात राखेको पनि देख्न पाइने भएको हो।

२०७५ को जेठ २५ मा दाङमा करेन्ट लागेका इलेक्ट्रिक सब इन्जिनियर कृष्ण ओलीलाई त्यो दिन दशा लागेको थियो। यति ठुलो घटनामा परि मुस्किलले ज्यान बचेको कृष्ण को २ हात र १ खुट्टा गुमेको थियो। निकै लामो संगर्ष पछि पुनार्जिबन पाएका कृष्णको जिबन निकै कठिन बनेको थियो। जेठ देखि पौषसम्म कृष्ण ओलीसँग रुने रुपा र कृष्णकी आमा मात्रै थिइन । तर जनवरी १ मा पश्चिम रुकुम अर्माका ऋषिराम खड्काले सिधान्युज डट कममा कृष्णको समाचार लेखेपछि कृष्णसंग सिंगै देश रोयो सहयोगीहरुको ओइरो लाग्यो र उनले नयाँ जीवन पाए । उनको त्यो समाचार भाईरल भयो ।

त्यसपछि कृष्ण को भिडियो युट्युब भरि भाइरल हुन थाल्यो। दिनहु उनको दुख देखाउन भिडियो बनाउने क्रम चल्यो। उनको लागि भनेर अभियान नै चलाइयो र लाखौ रकम उठ्यो। यसरि ठुलो सहयोग उठाउन सहयोग गरे शिशिर भण्डारी र भाग्य न्यौपाने ले। उनीहरुको मार्फत देश विदेश बाट लाखौ रकम संकलन भयो र आज कृष्ण ओलीले पुनार्जिबन पाएका छन्।

कृष्ण रुपाको जीवनमा बिगत केहि महिना सोचेभन्दा फरक बन्यो देश विदेशबाट लाखौँ करोडौँ सहयोग आयो । अमेरिका स्थित भुटानी इन्द्रप्रसाद ओलीको पहलमा ८२ लाख बढी सहयोग उठ्यो । अहिले नेपालमै खुट्टा राखेका कृष्ण आफ्नी श्रीमती रुपा मगर सँग मुम्बईमा छिन । र यहि अगस्त १४ गते कृष्णको जन्मदिन पारेर कृष्णको हात राख्ने योजना बनाएका छन् । कृष्णले अहिले आर्टीफिसियल हातको ट्रेनिंग गरिरहेका छन ।

हेर्नुस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *