कार्टुन्स क्रुजको नया भिडियो ‘जिस्काम्छे मुइयाले’ सार्बजनिक………. भिडियो

नेपालकै एक नम्बरमा पर्ने डान्स क्रु हो कार्टुञ्ज क्रु। आफ्नो हरेक गीतमा नौलो सैलीमा भिडियो प्रस्तुत गर्ने कार्टुञ्ज क्रु को नया भिडियो सार्बजनिक भएको छ। गायक सुरज श्रेष्ठले गाएको गीत ‘जिस्काम्छे मुइयाले’ मा उनीहरुले आफ्नो प्रस्तुति देखाएका हुन्। निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको यस गीतको को भिडियोमा दर्शकले हरेक पल मनोरंजन लिने पक्का छन्।

दिपक शर्माले लेखेको यस गीतलाई स्वयम् उनि आफैले संगीत भरेका छन्। निकै रमाइलो शैलीमा कार्टुन क्रुज माथि फिचरिङ गरिएको गीत आकर्षक भिडियो सहित सार्वजनिक गरिएको हो । यस भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान लगायतको अभिनय रहेको छ भने क्यामराले खिच्ने काम ज्ञानेन्द्र शर्माले गरेका छन्। हरेक गीतको भिडियो लाइ जस्तै गरि द कार्टुन क्रुले आफैले यस गीतको कोरियोग्राफी को जिम्मा सम्हालेका छन्। यस भिडियोलाइ सरोज अधिकारीको निर्देशन गरेका छन्।

हेर्नुस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *