कामलाइ ठुलो मान्ने डिग्री पढेकी युवती गाईपालन गर्दै, कमाउदै लाखौ

डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवति विदेश पसिरहेका छन् । कतिपय सरकारी जागिर खोज्दै भौतारी रहेका छन् । तर बाँके कोहलपुरकी शारदा शर्मा गाइपालनबाटै लखपति बन्नु भएको छ । आज उनै पढेलेखेकी मेहेनती युवा किसान शारदा सिर्जनशील गाई फार्म सन्चालन गरेर शारदाले वर्षमा ५–७ लाखरुपैयाँ बचत गर्नुहुन्छ ।

३४ बर्षीया शर्मा बाबुआमाको हेरचाह, भाईको पढाई लेखाइमा मात्र समर्पित हुनुहुन्न् पशुपालनमार्फत बाँकेमै उदाहरणिय बन्नुभएको छ । व्यसायिक गाईपालनले नै उहाँलाई देश देखि विदेश सम्म चिनाएको छ । शारदा सिर्जनशील गाई फार्म सन्चालन गरेर शारदाले वर्षमा ५–७ लाखरुपैयाँ बचत गर्नुहुन्छ । १५ हजार रुपैयाँको लगानीमा डेढ दशक अघिदेखि सुरु गरेको गाई फार्मले आज उहाँ र उहाँको परिवारको आर्थिक उन्नती भएको छ भने सामाजिकरुपमा पनि निकै सम्पन्न बनाएको छ । एउटा उन्नत गाई किनेर गाइपालन सुरु गर्नु भएकी शारदाको फर्ममा अहिले १९ वटा गाई छन् । प्रतिदिन ७० लिटरसम्म दूध विक्री गर्नुहुन्छ । उहाँले बजारको माग धान्न सक्नुभएको छैन् । भारतको असममा रोजगारीमा रहेका बाबुलाई देशमै केही गरौं भनी कन्भिन्स गरेर फर्किएको र त्यसपछि गाईपालन सुरु गरेको उहाँको भनाइ छ । भारत छँदा शारदाका बुवाआमाले गाइपालन गर्नुहुन्थ्यो । त्यसैलाई पछ्याउँनुभयो शारदाले पनि ।

तपाईजस्ता पढेलेखेका युवा गाई गोठमा पस्नु त परै जावस, पशुपालनको सम्भावनाको कुरा गर्दा निधार खुम्चाउछन् । सरकारी जागिरको लागि भौतारिरहेका छन् । तपाई चाही गाईपालनमा किन ? वाइट बाँके पशुपालनको लागि राम्रो सम्भावना बोकेको जिल्लाका रुपमा रहेको छ । त्यसैैले पनि यहाँ पशुपालन गर्नेहरुको संख्या बढ्दै गएको छ । दूधमा अहिले बाँके आत्मनिर्भर मानिन्छ । कोहलपुर नगरपालिकाका पशु स्वास्थ्य शाखाका पशु स्वास्थ्य प्राविधिक लोकेन्द्र बुढा शारदाले गरेको पशुपालन जिल्लाकै नमूना भएको बताउँनुहुन्छ ।

उहाँले थुप्रै पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ । लगनशिलता, इमान्दारिता र दृढ इच्छाशक्ति हुने हो भने कमाइका लागि विदेश भौतारिन नपर्ने उहाँ आफुजस्ता तन्नेरीहरुलाई सुझाव दिनुहुन्छ । विदेशमा भन्दा राम्रो आर्थिक आम्दानी स्वदेशमै बसेर पनि कमाउन सकिने उहाँ बताउनुहुँन्छ ।

गाईपालनबाट केही समय निकालेर उहाँले सामाजिक कार्यमा पनि लगाउँदै आउनुभएको छ । बालबालिकाका क्षेत्रमा काम गर्ने एउटा संस्था स्थापना गरी उहाँले बालबालिकाको क्षेत्रमा पनि आफुलाई क्रियाशिल बनाउँदै लग्नुभएको छ । पशु स्वास्थ्य शाखाका पशु स्वास्थ्य प्राविधिक लोकेन्द्र बुढा शारदाले गरेको पशुपालन जिल्लाकै नमूना भएको बताउँनुहुन्छ । उहाँले थुप्रै पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ । लगनशिलता, इमान्दारिता र दृढ इच्छाशक्ति हुने हो भने कमाइका लागि विदेश भौतारिन नपर्ने उहाँ आफुजस्ता तन्नेरीहरुलाई सुझाव दिनुहुन्छ । विदेशमा भन्दा राम्रो आर्थिक आम्दानी स्वदेशमै बसेर पनि कमाउन सकिने उहाँ बताउनुहुँन्छ ।

गाईपालनबाट केही समय निकालेर उहाँले सामाजिक कार्यमा पनि लगाउँदै आउनुभएको छ । बालबालिकाका क्षेत्रमा काम गर्ने एउटा संस्था स्थापना गरी उहाँले बालबालिकाको क्षेत्रमा पनि आफुलाई क्रियाशिल बनाउँदै लग्नुभएको छ ।

कृषि पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *