ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ असार १३ देखि देशभर प्रदर्शनमा आउदै

नेपाली एतिहासिक चलचित्र किर्तिपुर असार १३ गते देखि प्रदर्शनमा आउने भएको छ। तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको कथामा यो चलचित्र तयार पारिएको छ। अठारौं शताब्दीमा एकीकरणको दौरान भएको कीर्तिपुरमा आक्रमणको विषयबस्तुमा यो ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ तयार पारिएको हो।

फोकस पिक्चर्सको ब्यानरमा तयार यो चलचित्र ५ वर्षअघिदेखि निर्माण को क्रममा रहेको थियो। यो चलचित्र साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित रहेको छ। चलचित्रको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डितलगायतका कलाकारहरु प्रस्तुत भएका छन् । चलचित्रलाई प्रेम खड्गी तथा अनन्त श्रेष्ठको निर्माणमा बनेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *