इन्टरनेटको मूल्य वृद्धि गर्ने तयारी, २० प्रतिशत सम्म बढ्न सक्ने

इन्टरनेट चलाउदै आएका उपभोक्ताहरुलाई मूल्य वृद्धिको मार पर्ने भएको छ। बजेट आए लगत्तै इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने तयारी गरेको छ। इन्टरनेट सेवा प्रदायक संस्था आइस्पानका अध्यक्ष भोजराज भट्टका अनुसार साउन १ देखि इन्टरनेटको मूल्यमा २० प्रतिशत वृद्धि गराउने तयारी भएको बताइएको छ।

अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट उठाउने सहमती गरेका सेवा प्रदायकले अब भने मूल्य बढाउने तयारी गरेका छ । बित्तिय रुपमा इन्टरनेट सेवा प्रदायक हरु नाजुक अबस्थामा पुगेको भन्दै अब मूल्य समायोजन गरेर बस्न नसक्ने बताउदै साउन १ गतेदेखि इन्टरनेटको मूल्य बढाउने तयारी भएको आइस्पानका अध्यक्ष भोजराज भट्टले बताएका हुन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *