आदित्य नारायण झा को कन्सर्ट काठमाडौं हुदै

चर्चित गायक उदित नारायणका छोरा आदित्य नारायण झाको कन्सर्ट काठमाडौंमा हुने भएको छ । जुलाईको पहिलो सातामा गायक आदित्य नारायणले ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुति दिने भएका हुन्। ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ नामको उनको प्रस्तुतिमा बलिवुड तथा नेपाली हिट गीत उनले गाउने भएका छन्।

गायक संगै उनि विभिन्न रियालिटी शो मा होस्ट समेत गर्दै आएका आदित्य नारायण फिल्मका एक्टर समेत हुन्। नेपालका पुराना कलाकार तथा गायक उदित नारायाण का छोरा आदित्य नारायण प्रसिद्ध गायक समेत हुन्। आदित्यका माताको नाम दीपा झा हो। आदित्यले सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा आएका थिए। उनले बाल कलाकारको रुपमा सुरु गरेका अभिनय अहिले पछिल्लो समयउनले लिद रोल मा समेत खेलेका छन्। रंगिला फिल्म मार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन्। उनले एक्टरको रुपमा शापित मार्फत डेब्यु गरेका थिए ।

आदित्य नारायणले क्लब फरेनहाइटको आयोजनामा हुन् लागेको कार्यक्रमका लागि नेपाल आउँन लागेका हुन् । उनी यसमा खुसि समेत भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *