आउदो हप्ता यस्तो छ मौसमको जानकारी , देशको विभिन्न भागमा भारि बर्षको सम्भावना

आउँदो हप्ता देशको पूर्वी भागमा भारी वर्षा हुने सम्भावना रहेको छ भने देशको मध्य भागमा मध्यम बर्षा हुनुका साथै पश्चिम भागमा हल्का वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। विभागले एक हप्ताको अनुमान गर्दै झापा देखि महोत्तरीसम्मका जिल्लामध्ये केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशका अधिकांश स्थानमा तापक्रममा खासै परिवर्तन नआउने विभागको अनुमान छ ।

पूर्वी र मध्य तराईमा तापक्रम अहिलेकै अवस्थामा रहने भएपनि पश्चिम तराईका जिल्लाहरुमा भने तापक्रम केही बढ्ने अनुमान गरिएको छ । बँगालको खाडी हुँदै पूर्वी भागबाट मनसुन प्रवेश गरेकाले पूर्वमा भारी वर्षाको सम्भावना देखिएको हो । आउँदो मंगलबार र बुधबार झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र महोत्तरीमा मंगलबार र बुधबार भारी वर्षाको सम्भावना को अनुमान गरिएको छ।

बारा, चितवन र रुपन्देहीमा हल्का वर्षाको सम्भावना रहेपनि बाँके र कैलालीमा आउँदो हप्तामा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ । धनकुटामा मंगलबार र बुधबार भारी वर्षाको पूर्वानुमान गरिएको छ । दोलखा, काभ्रे र धादिङमा भारी वर्षाको सम्भावना रहेको छ । कास्की, पाल्पा र रुकुममा मंगलबार र बुधबार भारी वर्षाको सम्भावना छ ।

दाङ, सुर्खेत र डोटीमा अबको हप्ता मध्यम वर्षाको सम्भावना छ । संखुवासभामा साताभरी मध्यम वर्षाको सम्भावना छ । हिमाली जिल्ला मुस्ताङमा हल्का वर्षा हुने अनुमानछ । जुम्ला र दार्चुलामा पनि आउँदो साता हल्का वर्षा हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *