अर्को ठुलो शो ‘लोक स्टार नेपाल’ आजदेखि सुरु। कमेन्ट गर्नेले विजेतालाई स्मार्टफोन उपहार

नेपालको ठुला रियालिटी शो मध्ये अर्को रियालिटी शो पनि थपिएको छ। लोक गायनका क्षेत्रमा आफ्नो भाग्य खोजिरहेका हरुका लागि नया ठुलो मौलिक रियालिटी ‘शो’ ‘आईएमई नेपाल लोक स्टार’ सुरु हुदैछ। यो शो आज देखि एपी वान र रमाइलो टिभीबाट प्रशारण शुरु हुने भएको छ । गायन रियालिटी शोमा अहिले सम्म रहेका ठुला शो नेपाल आइडल र भोइस लाइ टक्कर दिदै यो शो पनि सुरु हुन लागेको हो।

आज बिहिबार देखि सुरु हुने हरेक बिहिबार र सुक्रबार राति साढे ८ बजे देखि एपी वान र रमाइलो टिभीमा रियालिटी ‘शो’ ‘आईएमई नेपाल लोक स्टार’ हुदैछ। यो शोलाइ टिभीका अलावा युट्युबाट समेत लाइभ हेर्न सकिने छ । युट्युब लाइभ स्ट्रिममा प्रथम ५० भित्र कमेन्ट गरि सेयर गर्ने दर्शकलाइ उपहारको समेत ब्यबस्था गरेको छ। कमेन्ट गर्ने पहिलो ५० मध्ये का एक जनालाई कार्यक्रमले कलर्स वानई स्मार्टफोन उपहार प्रदान गर्नुका साथै दुईवटा प्रत्यक्ष ‘शो’ हेर्ने अवसर दिने छ।

यस्तो छ स्मार्टफोन जित्ने तरिका

मेगा अडिसनबाट छानिएका १०९ प्रतिस्पर्धीबाट २५ जना स्थापित गर्ने शोमा पुग्नेछन् । मेगा अडिसनका सातवटा श्रृंखलापछि स्थापित गर्ने एउटा श्रृंखला हुने अध्यक्ष कोइरालाले जानकारी दिएका हुन् । उत्कृष्ठ १० सम्म निर्णायकको ५० प्रतिशत र भोटिङको ५० प्रतिशतका आधारमा प्रतिस्पर्धी छनोट हुनेछन् । उत्कृष्ठ १० बाट ८० प्रतिशत दर्शक र २० प्रतिशत निर्णायकको भोटका आधारमा प्रतिस्पर्धीको छनोट हुनेछ । फाइनलसम्म ८०/२० कै आधारमा छनोट हुनेछ । उत्कृष्ठ पाँचबाट फाइनल भनिनेछ । फाइनलमा छनोटको सबै अधिकार दर्शकको भोटमा रहनेछ ।

कार्यक्रमको ३६ औं श्रृखंला फाइन हुने यस कार्यक्रमका बिजेताले कर सहित नगद रु ५० लाख रुपैयाँ पाउने छ भने दोस्रो हुनेले २५ लाख र तेस्रो हुनेले १० लाख नगद पुरस्कार पाउनेछन ।

यस सिजनमा टप ५ हुने सबैले ७ वटै प्रदेशमा ‘नेपाल लोक स्टार’ले कन्टसर्टमा आफ्नो प्रस्तुति देखाउने छन् । छ । लोक भाका मात्र गाईने यस शो मा जयनन्द लामा, रामजी खाँड, बिबि अनुरागी, सुनिता दुलाल जज का रुपमा रहेका छन्।

One Comment on “अर्को ठुलो शो ‘लोक स्टार नेपाल’ आजदेखि सुरु। कमेन्ट गर्नेले विजेतालाई स्मार्टफोन उपहार”

Leave a Reply

Your email address will not be published. Required fields are marked *