अन्जली अधिकारिको अभिनयमा नया भिडियो ‘चट्ट रुमाल’ सार्बजनिक……….भिडियो

पछिल्लो समय निकै चर्चामा आएकी मोडल अन्जली अधिकारिको अभिनयमा नया म्युजिक भिडियो सार्बजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र हरी राईको स्वरमा नयाँ गीत “चट्ट रुमाल” मा अन्जली अधिकारीको हट अबतार सहित सार्वजनिक भएको छ । प्रकाश सपुतको गीतको भिडियो गलबन्दी मा अभिनय गरेपछि अन्जलिलाई धेरैले मनपराए। उनको अभिनय र चरित्रको चौतर्फी प्रसंसा समेत भएको थियो।

यसै क्रममा आज ओएसआर डिजिटल युट्युब च्यानल मार्फत उनको नया गीत चट्ट रुमाल सार्बजनिक भएको हो। यस गीतमा शब्द र संगीत हरी राईको रहेको छ । यश गीतको भिडियोलाई अजय रेग्मीले खिचेका छन् भने क्रान्ति केसीले निर्देशन गरेका छन्। मोडल डिकपल कार्की सँग पछिल्लो समयकी अत्यन्तै चर्चित मोडेल अञ्जलि अधिकारीले कम्मर मर्काएकी छिन् ।

गल्बनदीमा बिधवा र दुखि आमा को चरित्र मा देखिएकी अन्जली अधिकारिको अहिले म्युजिक भिडियोको बाढी नै आएको छ। अहिले उनलाई म्युजिक भिडियो गर्न भ्याइनभ्याइ छ। देश तथा बिदेशमा समेत स्टेजको कार्यक्रममा उत्तिकै व्यस्त छिन। हरेक हप्ता उनको म्युजिक भिडियो आइ नै रहेको छ।

हेर्नुस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *